आइतबार, साउन ३१, २०८३

ठिमीमा 'क्यूएफएक्स सिनेमाज'

क्यूएफएक्सले भक्तपुरको ठिमीमा रहेको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं – क्यूएफएक्सले भक्तपुरको ठिमीमा रहेको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ।

रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टिम क्वेस्टको व्यवस्थापन रहनेछ। नयाँ निर्माण गरिएको थिएटर भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ। थिएटरमा डेप्थ क्यू थ्रि डी टेक्नोलोजीको प्रयोग गरिएको छ।

तीनवटै स्क्रिनहरुमा डल्बी एटीएमओएस साउण्ड प्रयोग गरिएको छ। नयाँ मल्टिप्लेक्समा क्रिस्टाइ प्रोजेक्सन सिस्टम रहेको क्यूएफएक्सले जानकारी दिएको छ। साथै पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटको व्यवस्था गरिएको छ।

नयाँ मल्टिप्लेक्समा जम्मा ७०२ सिट क्षमता रहेको छ जसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन्।

यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालन संगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ।

रिगल सिनेमाज् प्रालिले नेपालका थप दुई स्थानमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ। जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ र विराटनगरको भाटभटेनीमा २ स्क्रिनहरु पनि तुरुन्तै संचालनमा आउनेछन्।

प्रकाशित: Nov 07, 2019| 09:54 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्