शनिबार, साउन ३०, २०८३

१८ हजार ७७१ जनाले लिए श्रम स्वीकृति

चालू आर्थिक वर्षको तीन महिनामा १८ हजार ७७१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- चालू आर्थिक वर्षको तीन महिनामा १८ हजार ७७१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। तीमध्ये १७ हजार ६०७ पुरुष र एक हजार १६४ महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार विभिन्न शीर्षकमा ३१३ वटा उजुरी परेका छन्। ती उजुरीमा १० करोड ६८ लाख ९० हजार रकम मागदाबी गरिएको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभागले आरके म्यानपावर प्रालि र भ्रिन्दित सर्भिस प्रालिको अनुगमन गरेको छ। ती म्यापावरले वैदेशिक रोजगारीमा जानेबाट बढी रकम असुलेको गुनासो आएको थियो। ती म्यानपावरमाथि अनुसन्धान भइरहेको छ।

विभागले दुई अर्ब ३४ करोड २९ लाख २४ हजार रपैयाँ बराबर माग दाबीसहित अदालतमा ३४२ वटा मुद्दा दायर गरेको छ। यस्तै ३२ वटा संस्थालाई ४१ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।

प्रकाशित: Nov 05, 2019| 06:18 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्