शनिबार, साउन ३०, २०८३

पेट्रोलियम पदार्थ अन्वेषणका लागि बेसक्याम्प

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि बेसक्याम्प (बासस्थान) तयार भएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

सुर्खेत– दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि बेसक्याम्प (बासस्थान) तयार भएको छ।

दुल्लु डुंगेश्वर गाउँपालिकाको चुप्रामा अन्वेषणमा खटिने प्राविधिक र कामदार बस्नका लागि बेस क्याम्प तयार पारिएको हो।

क्याम्पमा टेन्ट निर्माण, शौचालय, खाने–बस्ने ठाउँ बनाउने काम भइरहेको खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सुधीर रजौरेले जानकारी दिए। उनका अनुसार क्याम्पमा १२ वटा टेन्ट राखिएका छन्।

६ वटा शौचालय र ८ वटा धारा निर्माण गरिएको छ। विशेषज्ञ टोलीलाई सदरमुकामका होटलमा राखिनेछ। अन्वेषणका लागि प्राविधिक तथा विशेषज्ञहरुले जमिनमुनिको पेट्रोलियम पदार्थ स्यास्ट्रिक (एमआरआई) सर्भे अर्थात् जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गर्नेछन्।
त्यसपछि भण्डारण कति छ? कहाँसम्म फैलिएको छ? कहाँबाट निकाल्न मिल्छ भन्ने पत्ता लगाइनेछ?

खानीविभाग र चाइना जियोलोजिकल सर्भेका प्राविधिकले गत वैशाख पहिलो चरणको अन्वेषण गरेका थिए।

अन्वेषण साउनमा रोकिएको थियो। विकट भौगोलिक बनावट र भारी वर्षाको कारण देखाउँदै साउन १५ गते चिनियाँ टोली स्वदेश फर्किएको थियो।

टोली दोस्रो चरणको अध्ययनका लागि दैलेखमा खटिएको छ।

प्रकाशित: Nov 05, 2019| 05:51 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्