बुधबार, जेठ २७, २०८३

साप्ताहिक यौनसम्पर्कले फर्काउँछ जवानी !

मानिसहरू सदियौंदेखि आफूलाई उमेर ढल्किँदै गर्दा युवा देखिन र महशुस गर्न इच्छुक देखिने गरेका छन् ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

लन्डन- सातामा कम्तिमा एक पटक यौन सम्पर्क गर्ने बानीले १५ वर्षे जवानी फर्काउन सकिने एक अध्ययनले सुझाएको छ।

National life

अध्ययनमा समेटिएका ५० जनाभन्दा बढीले मासिक कम्तिमा चार पटक रतिक्रिडा, १६ पटक व्यायाम तथा छुट्टि या ‘मिनी ब्रेक’बाट आफ्नो उमेर घटेको महशुस हुने गरेको बताएका छन् । अर्थोपेडिक सपोर्ट फर्म नियो(जीले गरेको अध्ययनमा त्यस्तो जवाफ आएको हो।

घरपालुवा जनावरहरूसँग समय बिताउने, छुट्टिमा जाने, साथीहरूसँग भेट्ने अनि आफ्नो पार्टनरसँग एकान्तमा मस्ती गर्ने। ती कुराबाट तन तन्नेरी वयतिर झरेको महशुस हुने अध्ययनमा सहभागीहरूले बताएका थिए। सक्रिय रहने मानिसहरूले निश्क्रियको तुलनामा १२ वर्ष उमेर घटेको महशुस हुने बताएका थिए ।

एसेक्सको चेम्स्फोर्डमा एक हजार बयस्कहरू माथि शोध गरिएको थियो। त्यस शहरका बासिन्दा अन्यत्रभन्दा आफूलाई १५ वर्ष कम उमेरका महशुस गर्छन् । प्लेमाउथ र म्यानचेस्टर शहरमा पनि अध्ययन गरिएको थियो।

चेम्सफोर्डका बासिन्दाले आफूलाई उमेरभन्दा १५ वर्ष ६ महिना कम उमेरको महशुस गर्छन्। प्लेमाउथका बासिन्दाले १४ वर्ष पाँच महिना, म्यानचेस्टरवासीले १४ वर्ष, नर्विचवासीले १३ वर्ष सात महिना र ब्राइटनवासीले १३ वर्ष ६ महिना कम उमेरको भएको महशुस गर्छन्।

Shivam cement

मानिसहरू सदियौंदेखि आफूलाई उमेर ढल्किँदै गर्दा युवा देखिन र महशुस गर्न इच्छुक देखिने गरेका छन् । नियो–जीका पल स्टार्कीको भनाइ छ, ‘तर, आफूलाई युवा महशुस गर्नुको मौलिक कारण रहेको अध्ययनमा देखिएको छ।’

जस्तो– एबर्डिनका बासिन्दाले आठ, स्वान्सीवासीले आठ वर्ष नौ महिना, योर्कवासीले नौ, क्याम्ब्रिजवासीले नौ वर्ष १० महिना र सेफिल्डका बासिन्दाले नौ वर्ष ११ महिना कम उमेरको भएको महशुस गर्छन् ।

‘मानिसले आफूलाई खास उमेरभन्दा कम महशुस गर्नुको रहस्य खोतल्ने प्रयास गरेका हौं,’ स्टार्की भन्छन्, ‘हामी कति सक्रिय छौं भन्ने कुराले त्यसको निर्धारण गर्ने रहेछ ।’

आफ्नो शरीरको देखभाल गर्नु तथा आफूलाई सबैभन्दा राम्रो लाग्ने वस्तुको आनन्द लिनु नै उमेरभन्दा कम महशुस गर्नुको रहस्य रहेको उनी बताउँछन् । अनि, साथी र परिवारजनसँग समय बिताउँदा पनि तन तन्नेरी हुने अध्ययनबाट देखिएको छ।

प्रकाशित: Nov 05, 2019| 04:11 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्