बुधबार, चैत ११, २०८२

विनोदको अर्धशतकमा नेपालको जित

विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतक र पवन सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि सहज जित निकालेको छ।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं - विकेट किपर तथा ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतक र पवन सर्राफको अलराउण्ड प्रदर्शनमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) माथि सहज जित निकालेको छ।

National life

सोमबार त्रिवि मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई पाँच विकेटले पराजित गरेको हो। एमसीसीले दिएको २०२ रनको लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा मात्र ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको हो। खराब सुरुवात गरेको नेपालको पारी विनोद र पवनले सम्हाले। विनोदले नेपालका लागि ५२ रनको अर्धशतकीय पारी खेले। त्यस्तै पवन सर्राफले अविजित ३८ रन बनाए।

नेपालका लागि ओपनर इशान पाण्डेले ४ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १० रन बनाए। त्यस्तै तेस्रो विकेटको लागि शरद भेशवाकरले २४ रन जोड्दा दिपेन्द्र ऐरीले चौथो विकेटका रुपमा २३ रनको योगदान दिए। नेपालले पाँचौ विकेटका रुपमा आरिफ शेखलाई २३ रनमा गुमाएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीका लागि ओपनिङ ब्याट्स्म्यान विल्ली गोडलम्यानले ५२ तथा विल रोड्सले ५४ रन बनाए। गोडलम्यानलाई नेपालका पवन सर्राफले पहिलो विकेटका रुपमा आउट गराएका थिए। रोड्स भने ललितको बलमा क्याच आउट भए। त्यस्तै विल भेन्डेस्पर ३६, क्यालम ज्याक्सन ११, आलेक्स थोमसन ११, टोम विस्ली १० रनमा आउट भए।

बलिङतर्फ नेपालका लागि ललितनारायण राजवंशी र पवन सर्राफले समान चार विकेट लिए। त्यस्तै अविनास बोहोरा र करण केसीले एक-एक विकेट लिए। सोमबारको खेलमा नेपाली टोलीका पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछानेले भने खेलेनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 04, 2019| 13:10 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।