शुक्रबार, साउन १, २०८३

टी-ट्वान्टी क्रिकेटमा बंगलादेशलाई ऐतिहासिक सफलता

बंगलादेशले टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ। भारत-बंगलादेशबीचको टी-ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत आइतबार राति भएको पहिलो खेलमा बंगलादेशले घरेलु टोली भारत सात विकेटले पराजित गर्यो।
 |  सोमबार, कात्तिक १८, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १८, २०७६

काठमाडौं- बंगलादेशले टी-ट्वान्टी क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेको छ।

भारत-बंगलादेशबीचको टी-ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत आइतबार राति भएको पहिलो खेलमा बंगलादेशले घरेलु टोली भारत सात विकेटले पराजित गर्यो। टी-ट्वान्टी क्रिकेटमा बंगलादेशले भारतलाई पहिलो पटक उसकै भूमिमा हराएको हो।

१४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। बंगलादेशका लागि मुस्फिक्युर रहिमले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए। उनले ४३ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै अविजित ६० रन बनाए। त्यस्तै, सौम्य सरकारले ३९, मोहम्मद नइमले २६ र कप्तान मोहमुदुल्लाले अविजित १५ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । भारतका लागि शिखर धवनले ४१, रिसभ पन्तले २७ र श्रेयस ऐयरले २२ रन बनाएका थिए।

खेलको प्लेअर अफ दि म्याच मुस्फिक्युर घोषित भए।

तीन खेलको टी-२० क्रिकेट शृंखलामा बंगलादेशले १-० को अग्रता बनाएको छ।

प्रकाशित: Nov 04, 2019| 03:47 सोमबार, कात्तिक १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।