आइतबार, साउन २४, २०८३

डा भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष

सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- सरकारले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कोइरालालाई काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।

मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।

कोइरालालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेतृत्व गरेको समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो।


सरकारले भने मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ। डा. धर्मकान्त बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षको पद रिक्त थियो।

मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु भने सार्वजनिक गरिएको छैन।

आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पतालमा गएपछि ढिला गरी बसेको थियो।

प्रकाशित: Nov 03, 2019| 11:12 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्