शनिबार, साउन ३०, २०८३

‘जीवन काँडा की फूल’ कार्तिक २२ मा

चलचित्र ‘जीवन काँडा की फूल’ चलचित्र कार्तिक २२ गतेबाट प्रर्दशनमा आउने भएको छ ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

चलचित्र ‘जीवन काँडा की फूल’ चलचित्र कार्तिक २२ गतेबाट प्रर्दशनमा आउने भएको छ ।

साहित्यकार झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा की फूल’ माथि चलचित्र बनाइएको छ । निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गर्दै कार्तिक २२ मा चलचित्र प्रर्दशन गरिने जनाएको छ ।


चलचित्रमा झमक घिमिरेको सानो उमेरको भुमिकामा अवस्था थापा र युवावस्थाको भुमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेका छन्।


‘जीवन काँडाकी फूल’ झमक घिमिरेको आत्मकथामा आधारित कृति हो । कृतिमा नेपाली समाजले शारीरिक दुर्बलतालाई हेर्ने दृष्टिकोण, अन्धविश्वास, विपन्न परिवारको अवस्थालाई समेटिएको छ ।

घिमिरेले जन्मेदेखि २०६५ सालसम्म देखे भोगेका पीडा, व्यथा, सन्त्रास, अत्यासलाई कृतिमा समावेश गरेकी छन् । जीवन काँडा की फूलले २०६७ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो ।


चलचित्रका निर्माता विनोद विष्ट रहेका छन् । बद्री चौहान र उमेश सुवेदी निर्देशक रहेको चलचित्रमा झमकको बहिनीको भुमिका सारिका घिमिरेले निभाएकी छिन् ।


झमक घिमिरेको कथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत, प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ ।

चलचित्र घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छयाङ्कन गरिएको हो ।

प्रकाशित: Nov 03, 2019| 09:45 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।