शुक्रबार, साउन १, २०८३

लिभरपुलको पुनरागमन जित 

प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-१ गोलको जित निकालेको हो। 
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ।

शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-१ गोलको जित निकालेको हो। 

लिभरपुलको जितमा एन्डी रोबर्टसन र साडियो मानेले एक-एक गोल गरे। घरेलु टोली एस्टन भिल्लाले ट्रेजेक्वेटको गोलबात सुरुवाती अग्रता लिएको थियो। उनले खेलको २१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।

तर, दोस्रो हाफमा लिभरपुलले दुई गोल गर्दै पुनरागमन जित निकाल्याे। खेलको ८७ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए। 

जितसँगै लिभरपुलले ११ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ। समान खेल खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित दोस्रो स्थानमा छ। पराजित एस्टन भिल्ला ११ अंक जोडेर १६ औं स्थानमा छ।

एजेन्सी

प्रकाशित: Nov 03, 2019| 03:27 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।