शुक्रबार, साउन १, २०८३

रियाल बराबरीमा रोकियो

स्पेनिस ला लिगामा रियाल म्याड्रिडले निराशजनक बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा रियालले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

काठमाडौं- स्पेनिस ला लिगामा रियाल म्याड्रिडले निराशजनक बराबरी खेलेको छ।

शनिबार राति भएको खेलमा रियालले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो।

खेल अवधिभर रियालले रियल बेटिसमाथि पकड जमाए पनि गोल भने गर्न सकेन। रियालको घरेलु मैदानमा भएको खेलमा इडेन हजार्डले गोल गरे पनि रेफ्रीले मान्यता दिएनन्। उनले खेलको आठौं मिनेटमा गोल गर्दा रेफ्रीले भिएआरको सहायताबाट गोललाई मान्यता दिएनन्।

बराबरीपछि एक अंक जोडेको रियाल २२ अंकसहित दोस्रो स्थानमा यथावत छ। समान २२ अंक रहे पनि बार्सिलोना गोलअन्तरमा शीर्षस्थानमा छ। रियल बेटिस १३ अंकसहित १४औं स्थानमा छ।

प्रकाशित: Nov 03, 2019| 03:19 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।