शनिबार, साउन ३०, २०८३

माछापुच्छ्रेको संचालकमा सिग्देल नियुक्त

 |  शुक्रबार, कात्तिक १५, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १५, २०७६

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडको संचालक पदमा हरिभक्त सिग्देल नियुक्त भएका छन्।

गत कात्तिक ८ गते बसेको संचालक समितिको ४०८औं बैठकले सर्वसाधारण सेयरधनीका तर्फबाट सिग्देललाई संचालक पदमा नियुक्त गरेको हो।

सिग्देललाई आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरिएको बैंकद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। सिग्देलको सरकारी र निजी क्षेत्रमा लामो अनुभव रहेको बताइएको छ।

बैंकको १४१ शाखा, १३१ शाखारहित बैंकिङ सेवा, १ एक्सटेन्सन काउन्टर संचालन रहेको विज्ञप्तिमा उल्लेख छ। यस्तै, बैंकले १६५ एटीएममार्फत् सेवा दिइरहेको जनाएको छ।

प्रकाशित: Nov 01, 2019| 09:09 शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्