शनिबार, साउन ३०, २०८३

भ्रमण वर्षको निम्तो बाढ्दै धराने ट्रेकरहरु भारतमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मिरिक (दार्जिलिङ)- धरानका ८५ जना ट्रेकरहरु नेपाल भ्रमण वर्ष २०२० को निम्तो बाढ्दै मिरिक आएका छन्। तीन वर्षदेखि धरानमा ट्रेकिङ र हाइकिङ क्षेत्रमा सक्रिय सेवक अभियानका अभियानकर्मीहरु मिरिक पुगेका हुन्।

भारतको पश्चिम् बङालको दार्जिलिङ जिल्लाको नेपालसँग सीमा जोडिएको मिरिक नगरपालिकामा धराने ट्रेकरहरुले औपचारिक निम्तो बाँढे।

शुक्रबार इलामको कन्यामबाट एक दिन सुर्योदयको केन्द्र श्री अन्तु पुगेको धराने टोली शनिबार ट्रेकिङ गरेरै मेची नदी पार गरेर मिरिक पुगे।

धराने टोलीका अगुवा राजिब हलुवाइले मिरिक नगरपालिकाका मेयर एलबी राई, मिरिक पर्यटन विभागका प्रमुख सुरज प्रधानलगायतका पधादिकारीहरुलाई नेपाल भ्रमण वर्षमा आउन निम्तो गरे। धरानका पर्यटन क्षेत्रहरुको ब्रोसर वितरण गर्दै उनीहरुले निम्तो दिए।

निम्तो स्वीकार गर्दै मिरिकका नगर प्रमुख राईले नेपाल र मिरिकको खोला र भूगोलले फरक पारे पनि रगतको सम्बन्ध भएको बताए।

उनले नेपालको भ्रमण वर्ष सफल पार्न आफू नेपाल भ्रमण गर्ने र नगरबासीलाई पनि भ्रमण गर्न सल्लाह दिने बताए। 

मिरिक पर्यटन विभाग प्रमुख प्रधानले हरेक वर्ष मिरिकमा नेपालका २ लाख पर्यटक आउने तर मिरिकबाट नेपाल कमजाने बताउदै भ्रमण वर्षको अवसरमा जान हौसला दिने कार्यक्रम ल्याउनुपर्ने बताए। 

धराने टोलीले हरेक हप्ताको शनिवार आयोजना गर्ने हाइकिङ र ट्रेकिङको ११२ औ शृङ्खला नेपालदेखि भारतसम्म गरिएको सेवक अभियानका अध्यक्ष हलुवाइले बताए।

उनले भने, ‘नेपाल भ्रमण वर्ष नेपालीले मात्रै भ्रमण गर्ने होइन। विदेशीलाई पनि नेपाल ल्याउनुपर्ने भएकोले हामिले दुई दिने कार्यक्रम राखेर इलामदेखि सीमावर्ती भारतीय नगरसम्म आएका हौँ।’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।