शनिबार, साउन ३०, २०८३

बाजुरामा सुत्केरीको ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बाजुरामा एक सुत्केरी महिलाको स्वास्थ्य संस्थामै ज्यान गएको छ।

जिल्लाको त्रिवेणी नगरपालिकामा–१ का सुनिल दमाईकी पत्नी रजिया दमाईको स्वास्थ्य संस्थामै ज्यान गएको प्रहरीले जनाएको छ।

सुत्केरी व्यथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा पुर्याएको र बच्चा जन्मिएको करिब ५ घन्टापछि सुत्केरीको ज्यान गएको प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

स्वास्थ्य चौकीमा रजियाले जिवितै छोरा जन्माएकी र शिशु जिवितै रहेको ढुंगानाले बताए ।

रगतको अभावले नै उनको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।