आइतबार, चैत ८, २०८२

दिल्लीमा प्रदूषण भयावह, इमर्जेन्सी घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-  दिल्लीमा प्रदूषण उच्चतम् स्तरमा पुगेपछि जनस्वास्थ्य संकटकाल (पब्लिक हेल्थ इमरजेन्सी) घोषणा गरिएको छ । 

योसँगै दिल्ली सरकारले सबै स्कुलहरु ५ नोभेम्बरसम्मका लागि बन्द गराएको छ । यसअघि दिल्लीमा विद्यालयका विद्यार्थीहरुलाई प्रदुषणबाट बच्नका लागि मास्क वितरण गरिएको थियो । 

दिल्लीमा हावाको गुणस्तर निकै खराब स्तरमा पुगेपछि अधिकांश मानिसहरुलाई श्वासप्रश्वासमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अस्पतालमा विरामीहरुको संख्यामा निरन्तर वृद्धि भइरहेको छ । 

दिल्लीको हावामा प्रदुषणका खतरनाक कणहरुको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २० गुणा बढी पाइएको छ । 

ग्यास च्याम्बर

दिल्लीका धेरै स्थानहरुमा पीएम २.५ ले आफ्नो उच्चतम स्तर ५०० नाघेको छ । 

पीएम २.५ आँखाले देख्न नसकिने हावामा रहेका मसिना कणहरु हुन् जो सासफेर्दा हाम्रो शरीरमा प्रवेश गर्छन् । वायुमण्डलमा यसको मात्रा जति कम भयो हावा गुणस्तर उती राम्रो मानिन्छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार हावामा यस्को सुरक्षित स्तर ६० माइक्रोग्राम प्रतिघन मिटर हो । 

बढ्दो प्रदुषणका कारण भारतको सर्वोच्च न्यायालयद्वारा गठित एक प्यानलले दिल्ली र छिमेकी राज्य हरियाणा र उत्तरप्रदेशमा सबै निर्माण कार्यमा रोक लगाएको छ । 

दिल्लीका मुख्यमन्त्री स्वयम्ले दिल्ली ग्यास च्याम्बरमा परिणत भएको टिप्पणी गरेका छन् । 

उनले एक पत्रकार सम्मेलन आयोजना गरी दिल्लीमा ५० लाख मास्क निशुल्क वितरण गरिने पनि जानकारी गराएका थिए । उनका अनुसार दिल्लीमा सवारी साधन र उद्योगहरुको प्रदुषणसँगै छिमेकी राज्यहरुमा किसानहरुले खेतमा पराल जलाउँदा निस्केको धुवाँले दिल्लीमा प्रदुषण बढाएको बताए । 

दिल्ली सरकारले ४ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएको छ । 

दिल्लीका वासिन्दालाई सरकारले अत्यन्त जरुरी काम नभएसम्म घरबाट बाहिर ननिस्कन भनेको छ । मानिसहरुलाई निजी सवारी साधन नचलाउन, फोहोर नजलाउन र विहान जगिंग नगर्न सल्लाह दिइएको छ । 

बीबीसीका अनुसार सडकमा यात्रुहरुसँग कुरा गर्दा उनीहरुले घरबाहिर निस्कँदा वित्तिकै खोकी, टाउको दुख्ने र आँखा चिलाउन शुरु गरेको गुनासो गरिरहेका छन् । 

चिकित्सकहरुले घरबाहिर निस्कंदा एन– ९५ र पी १०० मास्क लगाउन, बिहान बेलुका घुमघाम नगर्न, श्वासप्रश्वासको रफ्तार बढ्ने श्रम नगर्न, मैनबत्ती, धुपवत्ती, काठ, पराल नबाल्न, चिसो रुमालले आँखा र अनुहार पुछ्न सुझाव दिएका छन् । 

नेपालमा असर
नेपालको वायुमण्डलमा भारतबाट आउने हावाले पनि प्रदुषण गराउँछ । 

विशेषगरी हिउँदमा लुम्बिनी र सौराहमा काठमाडौंमा भन्दा बढी प्रदुषण हुनुको कारण सीमापारीबाट आउने प्रदुषित हावा नै हो । 

हावामा पाइने हलुका कण पीएम २.५ लामो समयसम्म हावामा रहेर हजारौं किलोमिटर टाढासम्म पुग्छन् । 

काठमाडौंको रत्नपार्कमा रहेको प्रदुषण मापक यन्त्रमा शनिबार बिहान त्यो मात्रा बढेर १६६ अर्थात तोकिएको मापदण्डभन्दा चार गुणा बढी पाइएको थियो । 

हिउँद लागेसँगै काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका यन्त्रहरुले काठमाडौंमा प्रदुषणको मात्रा बढ्दै गएको देखाएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।