शनिबार, साउन ३०, २०८३

कपिलवस्तुमा छोराको कुटाइबाट महिलाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कपिलवस्तुमा छोराको कुटाइबाट महिलाको ज्यान गएको छ।

कपिलवस्तु नगरपालिका-८, पश्चिम दोहनीमा शनिबार सुरेन्द्र कुर्मीको कुटपिटबाट ५५ वर्षीया फूलमतीको ज्यान गएको हो। 

वडाअध्यक्ष शिवकुमार पाण्डेयका अनुसार सुरेन्द्रले रक्सी सेवन गरी आमाको कुटपिट गरेर हत्या गरेका हुन्। सुरेन्द्रले घरमा आगोसमेत लगाएको वडाअध्यक्ष पाण्डेयले बताए । 

शव परीक्षणका लागि जिल्ला अस्पताल, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि सुरेन्द्र फरार छन्। 

वडाअध्यक्ष पाण्डेयका अनुसार सगोलमा रहेको जमिनमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहन्थे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।