शनिबार, साउन ३०, २०८३

राष्ट्रिय टोलीमा भरतको पुनरागमन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- फरवार्ड भरत खवासले नेपाली राष्ट्रिय फुटबल टाेलीमा पुनरागमन गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार घोषणा गरेको २३ सदस्यीय टोलीमा भरत र एलेन न्यौपानेले पुनरागमन गरेका हुन्। 

भरत खवास विभागीय तालिमका लागि थाइल्यान्ड गएका कारण अघिल्ला छनोट खेलमा सहभागिता भएका थिएनन्। उनले फिफा विश्वकप छनोटका चार खेल गुमाएका थिए।

मुख्य प्रशिक्षक जोहान कालिनले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन्। सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलअन्तर्गत एसिया दोस्रो चरणको छनोटको घरेलुु खेलको तयारीमा रहेको नेपालले कात्तिक २१ गते म्यानमारसँग उसैको घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। 

मिडफिल्डर सुवास गुरुङ र मिक्चेन तामाङले पहिलोपटक टोलीमा स्थान बनाउँदा कप्तान तथा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, विशाल राई र हेमन गुरुङ टिममा छैनन्। मैत्रीपूर्ण खेलपछि नेपालले घरेलु मैदानमा विश्वकप छनोटका बाँकी चार खेल खेल्ने छ।

छनोटको समूह ‘बी’मा रहेको नेपालले ४ अवे खेलमा ३ अंक जोड्दै समूहको चौथो स्थानमा छ। 

अब नेपालले मंसिर ३ गते दशरथ रंगशालामा कुवेतसँग पहिलो घरेलु खेल खेल्दैछ। त्यस्तै, दोस्रो खेल चाइनिज ताइपेईसँग चैत १३, तेस्रो खेल अस्ट्रेलियासँग चैत १८ र समूहको अन्मित खेल जोर्डनसँग जेठ २२ गते घरेलु मैदानमा खेल्नेछ।

नेपाली टिम

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ र एलेन न्यौपाने

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर : निल बाल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्चेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।