शनिबार, साउन ३०, २०८३

उम्मेदवार तय गर्न नेकपा सचिवालय बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - उप-निर्वाचनका लागि उम्मेदवार तय गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान १० बजेका लागि बोलाइएको छ। बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने बताइएको छ।

मंसिर १४ मा हुने उप-निर्वाचनका लागि आएका नामबाट उम्मेदवार टुंगो लगाइने भएको छ।

नेकपाले प्रतिनिधिसभा, प्रदेशसभा र उपमहानगरपालिकाका मेयर उम्मेदवार केन्द्रबाट तय गर्ने तथा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रदेश कमिटीले तय गर्ने मापदण्ड बनाएको छ। त्यस्तै वडाध्यक्षका उम्मेदवारका हकमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्नेछन्। 

पार्टी केन्द्रले तीन जनाको नाम सिफारिस गर्न जिल्ला कमिटीहरूलाई निर्देशन दिएको भएपनि कतिपय स्थानबाट तीन जना भन्दा बढी व्यक्तिको नाम सिफारिस गरिएको छ।

कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई, सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम सिफारिस भएको छ।

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा बिमला वली, शोभाराम बस्नेत सिफारिस भएका छन्। 

भक्तपुरको क्षेत्र नम्बर १ को प्रदेशसभामा चारजनाको नाम सिफारिस भएको छ। सिफारिस भएकामा रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, देवीप्रसाद ढकाल र नारायणी फुयाल रहेका छन्।

धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राई, फोक्वा हाङ चोत्लुङ (सुब्बा) र बेणु काफ्लेको नाम सिफारिस भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।