कपिलवस्तु - मूर्ति बिसर्जनलाई लिएर दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन बिहीबार देखि कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यू हटाइएको छ।
बिहीबार बिहान ११ बजे देखि लागेको कर्फ्यू शनिबार बिहानबाट हटाइएको प्रशासनले जानकारी दिएको छ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा स्थानीय बीच विवाद भइ झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको थियो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइतेसमेत भएका थिए। झडपमा क्रममा प्रहरीको गोलीलागि स्थानीय २१ वर्षीय सुरज पाण्डेयको मृत्यु भएको थियो। घटना पछि उत्पन्न परिस्थिति साम्य पार्न शुक्रबार बसेको सर्वपक्षीय बैठकले १० बुँदे सहमति गरेको थियो।
कर्फ्यू हटेपछि उक्त क्षेत्रको जनजीवन सहज बनेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४