शनिबार, साउन ३०, २०८३

एमसीसीको टिम आज नेपाल आइपुग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को टिम आज (शनिबार) नेपाल आइपुग्ने भएको छ। एक साता नेपालमा रहने एमसीसीको टिम बिहान साढे १० बजे नेपाल आइपुग्ने क्यानले जनाएको छ। 

एमसीसीले नेपाली राष्ट्रिय टिमसँग टी-२०, एक दिवसीय र फर्स्ट क्लास क्रिकेट खेल्नेछ। एमसीसीसँगको खेलका लागि कप्तान ज्ञानेन्द्र मल्लको कप्तानिमा नेपाली टोलिको घोषणा बुधबार भैसकेको छ। त्यस्तै एमसीसीले यू-१९ टिमसँग एकदिवसीय र पोखरामा स्थानीय क्लबसँग दुई खेल खेल्नेछ। यसअघि एमसीसीले सन् २०१५ मा नेपाल भ्रमण गरेको थियो।



एमसीसीसँगको खेल तालिका 

कार्तिक १७ : एमसीसीविरुद्ध नेपाल यू-१९ (५० ओभर)
कार्तिक १८ : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (५० ओभर )
कार्तिक २० देखि २२ : एमसीसीविरुद्ध नेपाल राष्ट्रिय टिम (तीन दिवसिय)
कार्तिक २३ : एमसीसी र नेपाल मिक्स टिमविरुद्ध यू-१९ टिम (टी-२०)
पोखरामा हुने खेल 
कार्तिक २५ : एमसीसीविरुद्ध पोखरा आमन्त्रण-११ (२० ओभर)
कार्तिक २६ : एमसीसीविरुद्ध मुख्य मन्त्री-११ (२० ओभर)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।