शनिबार, साउन ३०, २०८३

अवरुद्ध सडक ७ घन्टा पछि खुल्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - पूर्वपश्चिम राजमार्गस्थित कैलालीको बौनीयामा गरिएको सडक अबरुद्ध करिब ७ घन्टापछि खुलेको छ। बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले बिहान १० बजेदेखि अबरुद्ध पारेको राजमार्ग बेलुकी ५ बजे खुलेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मनोहर भट्टले स्थानीय प्रशासन, महाकाली यातायात र पीडित पक्षबीच वार्ता जारी राखेर सडक खुलाएको जानकारी दिए। 

महेन्द्रनगरबाट काठमाडौं गइरहेको ना ७ ख ६०४६ नम्बरको यात्रुवाहक बसले बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा बिहीबार साँझ ठक्कर दिँदा बर्दगोरीया गाउँपालिका–१ का ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको उपचारको क्रममा मृत्यु भएको थियो।

दिनभर राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन तथा यात्रुहरु अलपत्र परेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।