काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि चार जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।
शुक्रबार बसेको प्रदेश ३ कमिटीको पदाधिकारी बैठकले जिल्ला कमिटीबाट सिफारिस भएका ३ जनामा एक महिला थप गरेर चार जनाको नाम सिफारिस गरेकोको प्रदेश सचिव आनन्द पोखरेलले जानकारी दिए।
भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ को सदस्य पदका लागि उपनिर्वाचन हुदैछ।
सिफारिस गरिएका नामहरुमा रमेश बुढाथोकी, डिपी ढकाल, मोहनवीर श्रेष्ठ र नारायणी फुयालको छन्।
यसअघि भक्तपुर जिल्ला कमिटीले भने फुयाल बाहेक तीन पुरुषको मात्र नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको थियो।
पार्टी केन्द्रीय सचिवालयले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेकाले प्रदेश पदाधिकारी बैठकले महिलाको नाम थपेर पठाएको प्रदेश सचिव पोखरेलले बताए।
सिफारिस भएकामध्ये ढकाल पूर्वमाओवादी हुन् भने अन्य तीन जना पूर्व एमाले हुन्।
सो क्षेत्रबाट तत्कालीन एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए। उनको निधन भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४