शनिबार, साउन ३०, २०८३

म शाहीको कोठामा गएकै छैन : महरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले अदालतसमक्ष आफू रोशनी शाहीको कोठामा नगएको बयान दिएका छन्। 

जिल्ला अदालत काठमाडौँको बन्द इजलासमा शुक्रबार महराले यस्तो दाबी गरेका हुन् । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान लिइएको हो।

महराविरुद्ध संसद् सचिवालयकी कर्मचारी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा मुद्दा चलाइएको छ। 

महराले शाहीसँग पारिवारिक सम्बन्ध रहेको दाबी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा नगएको बताए । उनले शाहीको किटानी जाहेरीमा कुनै सत्यता नरहेको भन्दै आफूलाई फसाउन षड्यन्त्र गरिएको दाबी गरेका छन् ।

प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको बताएका महराले  ती महिलाको स्वास्थ्य अवस्थाका कारण आफूमाथि आवेगमा आरोप लगाएको पनि बताएका  छन् ।

महराको शुक्रबार बयान नसकिएकाले उनलाई थुनामै लैजाने तयारी भएको अदालत स्रोतले बतयो। आइतबार उनको थुनछेक बहस हुनेछ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।