शनिबार, साउन ३०, २०८३

कांग्रेस मुख्यालयमा तनाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेविसंघ लगायत भ्रातृ संगठनको विषयमा विवाद हुँदा शुक्रबार नेपाली कांग्रेस मुख्यालयमा तनाव भएको छ। कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थीका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।
 
बैठकमा सहभागी हुन नेताहरु आउने वित्तिकै उनीहरुले नाराबाजी गरेका थिए। नेविसंघको अवरोधमा सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई कार्यालय छिर्न सकस परेको थियो। नेविसंघ नेता तथा त्रिविवि सचिव  योगेन्द्र रावलले पार्टी नेतृत्वले विधानविपरीत विश्वविद्यालय क्याम्पसमा पढ्दै गरेका विद्यार्थीको अपमान गरी तदर्थ समिति ल्याउने कुरा मान्य नहुने भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए। 

विद्यार्थीको उमेर ३२ वर्ष नै कायम गरिनु पर्ने उनीहरुले माग गरेका छन्। १ बजे बस्ने भनिएको बैठक अहिलेसम्म बस्न सकेको छैन। बैठक केहीबेरमा सुरु हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
 
उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न १ बजे बैठक बस्ने तयारी थियो।

पार्टी कार्यालयमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ। कार्यकर्ताले नाराबाजी गर्दै घेराउ गरेपछि सभापति देउवा  ‘यो के गरेको’ भन्दै जंगिएका थिए। उनले हप्काएपछि कार्यकर्ता आक्रोशित बनेका छन्।

देउवालाई सुरक्षाकर्मीले घेरा हालेर कार्यालयभित्र प्रवेश गराएका थिए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।