शनिबार, साउन ३०, २०८३

सुत्केरीको मृत्युपछि विराट नर्सिङहोम तनावग्रस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर - सुत्केरीको मृत्युपछि विराटनगरस्थित विराट नर्सिङ होममा मृतकमा आफन्तले प्रदर्शन गरेका छन्। सुनसरी दुहरी नगरपालिका-८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि आफन्तले शुक्रबार बिहानैबाट प्रदर्शन गरेका छन्।

मंगलबार विराट मेडिकल कलेजमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि उनको पाठेघर फालिएको थियो। रमिलाको होस नखुलेपछि बुधबार दिउँसो टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा भर्ना गरिएकोमा उनको बिहीबार राति मृत्यु भएको थियो।

चिकित्सकको लापरबाहीका कारण रमिलाको ज्यान गएको आफन्तको आरोप छ। उनीहरुले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन गर्न माग गरेका छन्।

नवजात शिशुकोसमेत मृत्यु भइसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।