शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा मेयरको उम्मेदवारीका लागि नेकपाबाट तीन नाम सिफारिस

धरानमा मेयरको उम्मेदवारीका लागि नेकपाबाट तीन नाम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धरान - धरान उपमहानगरपालिकाको मेयर पदमा नेकपाबाट तीनजनाको नाम सिफारिस भएको छ। नेकपा धरान नगर समितिले जिल्ला सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको छ। तीनैजनाको नाम पार्टी जिल्ला र प्रदेश कमिटीमा पठाइने नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले बताए। 

मेयरका आकांक्षी धेरै भएपछि बैठकले बहुमतका आधारमा उमेद्वार छनोट गरेको हो। 

राई र काफ्ले माधव नेपाल पक्षधर मानिन्छन्। धरान नगर सदस्य तथा युवा संगठनका केन्द्रीय सचिवालय सदस्य हिमाल लिम्बुले उम्मेदवारको नाम सिफारिसमा महत्त्वपूर्ण व्यक्तिलाई बाइपास गरेको आरोप लगाए। 

कांग्रेसले भने मेयरमा तिलक राईको नाम सर्वसम्मत चयन गरेको छ। उनी पार्टीका धरान नगर सभापति हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।