शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बस दुर्घटनामा मृतक बालकका आफन्तद्वारा राजमार्ग अवरुद्ध

बस दुर्घटनामा मृतक बालकका आफन्तद्वारा राजमार्ग अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बसको ठक्करबाट ज्यान गुमाएका बालकका आफन्तले शुक्रबार पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बौनिया सडकखण्ड अवरुद्ध पारेका छन्।

उचित क्षतिपूर्तिको माग गरी उनीहरूले राजमार्ग अवरुद्ध पारेका हुन्। 

राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

इलाका प्रहरी कार्यालय, बौनियाका इञ्चार्ज ध्रुव बिष्टले मृतक बालकका आफन्त विरोधमा उत्रिएको जानकारी दिए। 

गत बिहीबार बर्दगोरिया गाउँपालिका-१, साझा चोकमा महेन्द्रनगरबाट काठमाडौंतर्फ गइरहेको ना७ख ६०४६ नम्बरको बसको ठक्करबाट बर्दगोरिया गाउँपालिका-१ का ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका-८ का १२ वर्षीय लक्ष्मण चौधरीको बालक ज्यान गएको थियो। अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि गम्भीर घाइते भएका बालकद्वयलाई बर्दगोरिया अस्पतालले थप उपचारका लागि रिफर गरेको थियो। 

इलाका प्रहरी कार्यालय लम्कीले बस नियन्त्रणमा लिएको जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।