शनिबार, साउन ३०, २०८३

प्रदेश २ मा आइतबार सार्वजनिक विदा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम-  प्रदेश २ सरकारले आगामी आइतबार सार्वजनिक विदा दिने भएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले आइतबारसमेत विदा दिएको हो ।

यस वर्ष शनिबार र आइतबार छठ पर्व मनाइँदै छ । शनिबार अस्ताउँदै र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिइँदै छ । छठको मुख्य दिन शनिबार स्वतः विदा भए पनि उदाउँदो सूर्यलाई अर्घ दिइने आइतबार पनि प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

यसअघि संघीय सरकारले अस्ताउँदो सूर्यलाई अर्घ दिइने दिनमात्र छठको विदा दिँदै आएको थियो, जुन यसपटक पनि कायमै छ । 

२०७४ सालमा पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले छठमा दुई दिन विदा दिने निर्णय गरेको थियो ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर दुई दिन छठ पर्व मनाइने भएकोले प्रदेश सरकारले आफ्नो क्यालेण्डरमै दुई दिन विदा दिने उल्लेख गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।