शनिबार, साउन ३०, २०८३

अदालतमा महराको बयान सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरासँग काठमाडौं जिल्ला अदालतले बयान लिन सुरु गरेको छ। 

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा बयान सुरु भएको हो । बयानपछि थुनछेक बहस हुनेछ। त्यसपछि महरालाई धरौटी वा तारेखमा छुटाउने वा पुर्पक्षकालागि थुनामा पठाउने भन्ने टुंगो लाग्नेछ।

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको थियो। मुलुकी अपराध संहिताअनुसार जबरजस्ती करणी उद्योगमा दोषी पाइएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। करणी उद्योगमा त्यसको आधा सजाय हुनेछ। 

संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनमा दिएका थिए । शाहीको उजुरीका आधारमा महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।