शनिबार, साउन ३०, २०८३

प्रदेश १ : नामकरणको टुंगो छिट्टै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी : प्रदेश १ को नामकरणको विषय छठपछि सदनमा प्रवेश हुने प्रदेश १ का सभामुख प्रदीप भण्डारीले बताएका छन्। 

प्रदेशसभाले गत वैशाख २३ गते नै स्थायी राजधानी विराटनगर र व्यवस्थापिका तथा कार्यपालिकाका संरचना इटहरी र सुन्दरहरै‌चा आसपास राख्ने घोषणा गरेको थियो।
 
स्थायी राजधानी तोकिएको पाँच महिना कटिसक्दा पनि नामकरणका लागि प्रक्रिया अगाडि नबढेको भन्दै प्रदेशसभाको आलोचना भइरहेको छ। 

प्रदेशसभाको चौथो अधिवेशनसम्म एक सय ८० वटा बैठकबाट ४० विधेयक र एक नियमावली पारित भएको सभामुख भण्डारीले बताए। उनले भने, ‘सबै दलहरुको सहमतिका आधारमा नामकरणको प्रक्रिया अगाडि बढ्छ।’

प्रदेशसभामा नेकपाको दुई तिहाइ बढी ६७ सदस्य रहेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसका २१, समाजवादी पार्टी नेपालका ३ र राप्रपा संघीय  लिम्बुवान मञ्चका १/१  सदस्य छन्। 

प्रदेश १ को नाम कोसी, सगरमाथा, किरात, लिम्बुवान, बिजयपुर, विराट आदि हुनुपर्ने माग उठेका छन्। 
सत्तारुढ केही सांसदसँगै लिम्बुवान र समाजवादी पार्टी नेपालका सांसदहरु पहिचानका आधारमा नामकरण हुनुपर्ने पक्षमा छन्।
तर, नामका बारेमा कुनै पनि पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।