शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो 

गुल्मीमा उपनिर्वाचन : नेकपाले लगायो उम्मेदवारको टुंगो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गुल्मी- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ।

गुल्मीको रुरु गाउँपालिका-६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा गुल्मीका सचिव वीरबहादुर कार्कीले जानकारी दिए।

सिञ्जाली सोही वडाका वडासदस्य हुन्। उनलाई वडासदस्य पदबाट राजीनामा गराई वडाध्यक्ष पदमा उम्मेदवार बनाइने सचिव कार्कीले जानकारी दिए।

नेपाली कांग्रेसले भने अझै उम्मेदवारको टुंगो लगाएको छैन। कांग्रेसका गुल्मी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले अबको केही दिनमै उम्मेदवारको नाम सर्वसम्मतरूपमा चयन गरिने बताए। तर, पहिलेकै उम्मेदवारको नाम चयन गर्ने सम्भावना रहेको उनको भनाइ थियो।

रुरु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा कांग्रेस र पूर्वमाओवादी केन्द्रको तालमेल थियो। तर, पूर्वएमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नं ६ मा पनि जित हासिल गरेको थियो।

वडा नं ६ का वडाध्यक्ष पूर्णबहादुर रेग्मीको २०७५ साउन १३ गते निधन भएको थियो। उनले ६२८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदबहादुर दर्लामीले ६१९ मत ल्याएका थिए।

२०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनअनुसार उक्त वडामा कूल एक हजार ९६७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।

गुल्मीदरबार गाउँपालिका वडा नं ७ का वडासदस्य थम्मनबहादुर बस्नेतको पनि ०७४ भदौ २६ गते निधन भएको थियो। तर, वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्यबाहेक अन्य सदस्यको हकमा पुनः निर्वाचन हुने व्यवस्था छैन।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।