शनिबार, साउन ३०, २०८३

छठकाे दोस्रो दिन आज खरना मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- छठ पर्वको दोस्रो दिन आज धार्मिक परम्परा अनुसार खरना मनाइँदै छ। 

सुख, स्वास्थ्य, समृद्धि तथा सन्तान प्राप्ति र चर्म रोग निको हुने जनविश्वासका साथ खराना मनाइन्छ। कात्तिक शुक्ल पञ्चमीमा मनाइने खरनामा विधि पुर्याएर पूजाअर्चना गरे पाप मेटिने जनविश्वास छ। 

खरानामा व्रतालु दिनभर उपवास बसि साँझ नुहाइधुवाइ गरी कूल देवताको पूजा गर्ने परम्परा छ। यस दिन पूजा कोठामा नयाँ चुल्हो बनाइ गहु वा चामलको पिठोको प्रसाद बनाउने चलन छ। यससँगै खरानामा प्रसादका रूपमा केरा र खीर पनि चढाइने गरिएको छ। उक्त प्रसाद कूलदेवताको पूजापछि परिवारका सदस्य र छरछिमेकलाई दिइन्छ। यस दिन परिवारका सदस्य र छरछिमेक एकै ठाउँमा भेला भइ प्रसाद ग्रहण गर्छन्। 

गहुँ र चामलको पिठोको पूजा सामग्री तयार गर्दा चोखो र शुद्ध राख्नु पर्ने मान्यता छ। 

यस दिन विशेष गरी चामल र गहुँको पिठोबाट प्रसादका रूपमा ठकुवा, भुसवा, खजुर तयार पारिन्छ। यससँगै केरा, उखु, स्याउ राखी साँझ अस्ताउँदै गरेको सूर्यलाई व्रतालुले अघ्र्य दिन्छन्। 

खरनाबाटै छठ पर्वको व्रत प्रारम्भ हुन्छ। सप्तमीको बिहानसम्म उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सकिन्छ। 

मधेसी समुदायले मात्र मनाउने छठ पर्व पछिल्लो समय पहाडमा समेत धुमधामका साथ मनाउन थालिएको छ। आस्था र विश्वास बढ्दै गएपछि छठ अहिले राष्ट्रिय पर्व बन्न थालेको कतिपयको भनाइ छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।