शनिबार, साउन ३०, २०८३

नाइके र चौकिदारविरुद्ध कैदीबन्दी आन्दोलित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बाँके- नेपालगञ्जस्थित बाँके कारागारका कैदीबन्दी नाइके फेर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका छन् ।

नाइके मानबहादुर शाही र चौकीदार भरत फडेराको सरुवा माग गर्दै कैदीबन्दीले आन्दोलन थालेका हुन् । 

बाँके कारागारका निमित्त प्रमुख बखतबहादुर थापाका अनुसार शाही र फडेराले कैदीबन्दीको राशन र दैनिक उपभोग्य वस्तुको खरीदमा अनियमितता गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रेका हुन् । 

फोन प्रयोग गरेबापत प्रतिमिनेट रु तीनका दरले कैदीबन्दीबाट रकम असुल्ने गरेको समेत उनीहरुको आरोप छ । कैदीबन्दीले कारागारको मूलढोकामा ताला लगाएका छन् । 

समस्या समाधानका लागि कैदीबन्दीसँग छलफल भइरहेको कारागारका निमित्त प्रमुख थापाले बताए । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र प्रहरी उपरीक्षक वीरबहादुर वलीले बिहीबार कैदीबन्दीसँग छलफल गरेका छन् । 

प्रहरी उपरीक्षक वलीले छलफलका क्रममा कैदीबन्दीले नाइके परिवर्तनको माग राखेको बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।