शनिबार, साउन ३०, २०८३

प्रहरी नायव निरीक्षक र चालक घुससहित नियन्त्रणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार र सिराहा जिल्ला अदालतका सवारी चालक व्रिजमोहन यादवलाई अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार कलवार ६० हजार र यादब १ लाख १० हजार घुससहित रंगेहात पक्राउ परेका हुन्।

कलवारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस लिएको र यादवले अदालतमा विचाराधिन लागु औषधसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कलवारलाई कलैया उपमहानगरपालिका–४ स्थित, श्रीराम खाद्य उद्योग र यादवलाई सिराहा नगरपालिका–७ हस्पिटल चोकस्थित खड्ग होटलबाट घुस रकमसहित विहीबार रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।