शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, थुनछेक बहस शुक्रबार

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता, थुनछेक बहस शुक्रबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा अभियोग पत्र तयार गरेर बिहीबार जिल्ला अदालतमा पेश गरेपछि उक्त मुद्दा दर्ता भएको हो।

जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको र समय अभावका कारणले थुनछेक बहस शुक्रबार मात्र हुने जानकारी दिए।

सरकारी वकिल कार्यालयले अभियोग पत्र तयार गर्न समय लागेकाले महरालाई बिहीबार ढिलोगरी महरालाई अदालत पेश गरिएको थियो। 

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको माग दाबी गरिएको जानकारी दिए।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ। 

तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुनेछ। यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि ५ वर्षको कैद सजाय माग दावी गरेको छ।

तर महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको भन्दै सरकारी वकिल कार्यालयले उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरेको छ।

महराले संघीय संसदको सभामुखको दुरुपयोग गरी कसूर गरेकाले उनीविरुद्ध फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए। 

उक्त व्यवस्था अनुसार कुनै सरकारी कार्यालय वा सार्वजनिक वा संगठित संस्थाको पद, ओहोदामा बहाल रहेको अवस्थामा पदको दुरुपयोग गरी कसूर गरेमा डेढ गुणा बढी सजाय हुने उल्लेख छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।