शनिबार, साउन ३०, २०८३

प्रधानमन्त्रीलाई डिस्चार्ज गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उपचारका लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार डिस्चार्ज हुँदैछन्।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली बिहीबार साँझ डिस्चार्ज हुने अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डेले जानकारी दिएका छन्।

दुई दिनसम्म अस्पतालमा रहँदा स्वास्थ्य परीक्षण र उपचारका क्रममा हेमोडायलासि गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र १–२ दिनपछि थप परीक्षण गरिने पत्रकार सम्मेलनमा बताए।

साथै अस्पतालका मेडिकल डाइरेक्टर पाण्डे र प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहद्वारा जारी संयुक्त विज्ञप्तीमा स्वास्थ्य अवस्था सामानय रहेको र डिस्चार्ज गर्न लागिएको जनाइएको छ।

प्रधानमन्त्री ओलीको बुधबार र बिहीबार गरी दुईपटक डायलासिस गरिएको छ।

उनको १३ वर्षअघि मृगौलाको प्रत्यारोपण गरिएको थियो।

यसअघि उनी लामो समय सिंगापुरमा उपचार गराएर फर्किएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।