शनिबार, साउन ३०, २०८३

नदीमा फोहर फ्याँक्ने दुई पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा : कारखानाबाट निष्कासित फोहर नदीमा फ्याँकेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२३ भलहीस्थित हिमालय लेदर फ्याक्ट्रीका सञ्चालक छन्।

कारखानाबाट निस्किएको रसायनयुक्त प्रदूषित पानी सोझै सिर्सिया खाेलामा बगाएको आरोपमा उद्योग सञ्चालक एक चिनियाँ र एक भारतीय सञ्चालकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा कारखानाका सञ्चालक चिनियाँ लिउता छुवाङ र भारतीय तिनजुङ गुरुङ रहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए। स्थानीय बासिन्दाले सिर्सिया नदीमा फोहर गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ५१ उद्योगविरुद्ध उजुरी दिएका थिए। 

त्यसलगत्तै प्रशासनले नदीमा फोहोर गर्ने उद्योगको अनुगमन गरी नदीमा फोहर नफाल्न चेतावनी दिएका थिए। चेतावनी दिँदा पनि नदीमा फोहर फ्याँकेको स्थानीय बासिन्दाको गुनासोका अधारमा दुवैलाई नियन्त्रण लिएको प्रहरी उपरीक्षक राठौरले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।