आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ग्रेटा थनबर्गद्वार ५० हजार डलर राशीको पर्यावरण पुरस्कार अस्वीकार

ग्रेटा थनबर्गद्वार ५० हजार डलर राशीको पर्यावरण पुरस्कार अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-  जलवायु परिवर्तनको असर नियन्त्रणका लागि अभियान चलाइरहेकी स्वीडेनकी किशोरी ग्रेटा थनबर्गले पर्यावरण पुरस्कार लिन अस्वीकार गरेकी छन् ।

जलवायु परिवर्तनका मुद्दामा विश्व आइकन बनेकी थनबर्गले ‘नर्डिक परिषद पर्यावरण पुरस्कार– २०१९’ लिन अस्वीकार गरेकी हुन् । सँगसँगै उनले जलवायु अभियानका लागि सत्तामा रहेका व्यक्तिहरुले पुरस्कार दिनुको सट्टा विज्ञानको अनुशरण शुरु गर्नु राम्रो हुने सुझाव पनि दिएकी छन् । 

१६ वर्षीया थनबर्गको ‘फ्राइडे फर फ्यूचर’ अभियान विश्वका धेरै देशमा विस्तार भइसकेको छ र यसमा लाखौं मानिसहरु सहभागि भएका छन् । 

थनबर्ग त्यसबेला चर्चामा आइन जब अगस्त २०१८ मा उनले प्रत्येक शुक्रबार स्वीडेनको संसद बाहिर जलवायु परिवर्तनको असरतर्फ ध्यानाकर्षण गराउन धर्ना बस्न थालिन् । 
धर्नामा रहँदा उनले ‘जलवायुका लागि स्कूलको हड्ताल’ लेखिएको ‘प्ला कार्ड’ प्रदर्शन गर्थिन् । 

अन्तर संसदीय सहयोगका लागि क्षेत्रीय संस्था नर्डिक परिषदले स्टकहोममा आयोजना गरेको समारोहमा थनबर्गलाई पुरस्कारका लागि छनोट गरिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पुरस्कार घोषणापछि थनबर्गका एक प्रतिनिधिले दर्शकहरुलाई ५२ हजार डलरको यो पुरस्कार राशी उनले स्वीकार नगर्ने बताएका थिए । 
थनबर्गले इन्स्टाग्राममा पनि आफ्नो निर्णय सार्वजनिक गरेकी छन् । 

उनले लेखेकी छन्, ‘जलवायु अभियानलाई अरु पुरस्कारहरुको आवश्यकता छैन । बरु सत्तामा बसेका व्यक्तिहरुले वर्तमानमा उपलब्ध सर्वश्रेष्ठ विज्ञानको अनुसरण शुरु गर्नु आवश्यक छ ।’

उनले पुरस्कार दिने निर्णय गरेको नार्डिक परिषदप्रति आभार व्यक्त गर्दै जलवायुसँग जोडिएका मुद्दामा आफ्ना प्रतिवद्धतामा कायम नरहेको भन्दै नर्डिक देशहरुको आलोचना पनि गरेकी छन् । 

यि किशोरी यसवर्षको नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनको सूचीमा परेकी थिइन्, यद्यपि उनले उक्त पुरस्कार पाइनन् । सन् २०१९ को नाबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई दिइएको थियो । 

सेप्टेम्बर २० मा विश्वको १६१ देशको करिब ४० लाख मानिसले जलवायु परिवर्तनको विरोधमा आन्दोलन गरेका थिए र त्यो अहिले सम्मकै ठूलो वातावरण सम्बन्धी प्रदर्शन थियो । त्यसको सुरुवात ग्रेटाको 'फ्राइडे फर फ्युचर' अभियानबाट भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।