शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रमण वर्षमा विदेशी पर्यटकलाई खाना र कोठा भाडामा छुट

भ्रमण वर्षमा विदेशी पर्यटकलाई खाना र कोठा भाडामा छुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- होटल संघ नेपाल (हान) ले भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशी पाहुनालाई खानामा १५ र कोठाको भाडामा ३० प्रतिशत छुट दिने जनाएको छ।

भ्रमण वर्षमा विदेशी पाहुनालाई केही भ्रमण वर्षमा आकर्षित गराउन छुटको व्यवस्था गरेको हानले जनाएको छ। 

भ्रमण वर्ष मूल आयोजनक समितिले सरोकारवाला निकायबाट भ्रमण वर्षको लागि केही न केही गर्न आग्रह गर्दै केके गर्ने भन्नेबारेको विवरण माग गरेको थियो। 

सो अनुसार नै हानले खाना र कोठाभाडामा छुट दिने जनाएको हो। सो छुट हानमा सदस्य भएका होटलहरुमा मात्र छुट हुनेछ। 

हानको देशैभर क्षेत्रीय सन्जालहरु पनि रहेको छ। हानमा सदस्यता लिएका होटल व्यवसायीको ठूलो लगानीका पाँचतारे होटलहरु पनि रहेको छ। सो छुट सन् २०२० भरी लागु हुने हानले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।