शनिबार, साउन ३०, २०८३

राप्रपा अध्यक्ष थापा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चीनमा आयोजित आईटीएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटीएफ सेनजेन सिनियर्स सर्किट प्रतियोगितामा भाग लिन चीन गएका राप्रपा अध्यक्ष कमल थापा स्वदेश फर्किएका छन्।

गत हप्ता चीन गएका थापा बिहीबार स्वदेश फर्किएको राप्रपा महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

अध्यक्ष थापा गत ८ कात्तिकमा आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थिए।

थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछि खेल बीचमै छाडेका थिए।

थापालाई बिहीबार बिहान त्रिभुवन बिमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए। थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।