शनिबार, साउन ३०, २०८३

जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौं महाराजगंजबाट जुवा खेलिरहेको अवस्थामा समातिएका २५ जनालाई थप २ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो। बिहीबार प्रशासनमा उपस्थित गराइएका उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एकमुष्ट ७ दिनको म्याद दिएर अनुसन्धान प्रक्रियालाई अघि बढाउन अनुमति दिएका हुन्।

उनीहरु पक्राउ परेको ५ दिन बितिसकेको छ भने अब २ दिनमा प्रहरीले अनुसन्धान गरेर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ। यसैबीच बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा आज सुनुवाइ हुँदैछ।

तिहारको बेला जुवा खेलिरहेको अवस्थामा २५ जुवाडे २ करोड ६७ लाखसहित पक्राउ परेका थिए। पक्राउ पर्नेमा केही भीआइपी जुवाडे समेत रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।