काठमाडौं- बैतडीका तीन मजदुरको हत्या गरेको आरोपमा एक नेपाली भारतबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको पुरचौडी नगरपालिका-५ घर भइ पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।
प्रहरीका अनुसार बोहरालाई पिथौरागढबाट करिब १२० किलोमिटर दूरीमा रहेको मुस्यारीबाट भारतीय प्रहरीले पक्राउ गरेको हो।
रोजगारीका लागि भारतमा गएका बैतडी, पुरचौंडी नगरपालिका-५ दहतालका हरिश बोहरा, उनका सहोदर भाइ बिरा बोहरा र सोही नगरपालिका-४ भटना तडीखेतका काशी बोहराको केही दिनअघि लिंग काटेर हत्या गरिएको थियो।
उनीहरूको शव भारतको पिथौरागढ जिल्लाको मडधुरा भन्ने गाउँको एक घरमा फेला परेको थियो।
पक्राउ परेका धनबहादुर मृतक हरिशको नातेदार रहेको बुझिएको छ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीले प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरीको टोली भारत पठाएको छ।
प्रहरीसँगसको प्रारम्भिक बयानमा धनबहादुरले हत्या गरेको स्वीकार गरेका छन्।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४