काठमाडौं- बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस बिहीबार सुरु हुँदै छ।
हराको थुनछेक बहसका लागि जिल्ला अदालत,काठमाडौंमा पेश गरिने महानगरीय प्रहरी परिसरले जनाएको छ।
बहसपछि धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा प्रहरीले महरालाई गत १९ असोजमा पक्राउ गरेको थियो।
अदालतले महरामाथि अनुसन्धान गर्न तीन पटक गरी २५ दिनको म्याद थपेको थियो। अदालतले पहिलो पटक १३ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक ७ दिनको म्याद थपेको थियो।
अदालतले पछिल्लो पटक कात्तिक ७ गते सात दिनको म्याद थपेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४