शनिबार, साउन ३०, २०८३

मापसे गरि चलाएको बस दुर्घटना हुँदा १ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर- भक्तपुर नगरपालिका १० कमलविनायक स्टार बैङ्केट अगाडि बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

कमलविनायकबाट ब्यासीतर्फ आउँदै गरेको बा ४ ख ६०७ नबरको बसले सडक छेउमा पार्किङ गरी राखेको बा ७० प ६१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रे डाँडाबारी बस्ने २० वर्षीय विकास तामाङको मृत्यु भएको छ।

ठक्करबाट घाइते तामाङको मध्यपुर अस्पतालमा उपचारका लागि लगिएकामा अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

मोटरसाइकललाई ठक्कर दिएको बसले अनियन्त्रित भई पुनः पैदल यात्रीलाई ठक्कर दिँदा घाइते भएका सूर्यविनायक नगरपालिका ७ गुण्डु बस्ने १८ वर्षीय विशाल तामाङको उपचार भइरहेको उनले जानकारी दिए।

प्रहरीले दुवै सवारी साधन र मादक पदार्थ सेवन गरी सवारी चलाउने बस चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने ४० वर्षीय बलराम ज्याखोलाई पक्राउ गरी अनुसन्धान जारी राखेको बताएको छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।