शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उम्मेदवार छनोट गर्न कस्सियो कांग्रेस, पदाधिकारी बैठक बस्दै

उम्मेदवार छनोट गर्न कस्सियो कांग्रेस, पदाधिकारी बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मंसिर १४ गते उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न प्रमुख प्रतिपक्षी कांग्रेस कस्सिएको छ । 

एक संघीय र तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्न आज (बिहीबार) पदाधिकारी बैठक बोलाइको छ । सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजेपछि बस्ने बैठक बस्दैछ । 

उम्मेदवार छनोटबारे छलफल गर्न कांग्रेसले जागरण अभियानमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई पनि बोलाएको छ । कास्की २, भक्तपुर, दाङ र बाग्लुङको एक एक प्रदेशसभामा उम्मेदवार चयन गर्नुअघि ती ठाउँको वस्तुस्थिति बुझ्न प्रतिनिधिलाई बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

उनीहरूसँग पदाधिकारीले छुट्टाछुट्टै छलफल गर्नेछन् । प्रतिनिधिसँग पदाधिकारीले छलफल गरेपछि शुक्रबार कांग्रेसले केन्द्रीय समितिको बैठक डोकेको छ । उनीहरुको रायका आधारमा थप छलफल गरेर कांग्रेसले उम्मेदवार चयन गर्ने  प्रवक्ता शर्माले बताए ।  

केन्द्रीय समितिले सैद्धान्तिक सहमति दिएपछि पदाधिकारीसहितका केही नेता सहभागी टिमले उम्मेदवारको चयन गर्नेछ । कांग्रेसमा निर्वाचनमा टिकट बाँड्ने संसदीय समिति अहिले छैन । यसकारण पदाधिकारीसहित सिनियर नेताले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।