गुल्मी- जिल्लाको मुसिकोट नगरपालिका-९ ददल्कामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार लु१च ३५१४ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा मुसिकोट नगरपालिका-९, अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुंगा नगरपालिका-३ का ५८ वर्षीय मसुरी बिकको ज्यान गएको हो।
घाइते हुनेमा मुसिकोट नगरपालिका-७, वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनिया बिक, २६ वर्षीय विष्णु बिक र चालक ३० वर्षीय ज्ञानबहादुर बिक रहेको प्रहरीले जनाएको छ। घाइतेलाई बाग्लुङमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ।
जिपमा चालकसहित ६ यात्रु सवार थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४