शनिबार, साउन ३०, २०८३

कम्युनिष्ट पार्टी, लोकतन्त्रको लागि अनाडी : निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको शासन व्यवस्था अनाडीको हातमा पुगेको टिप्पणी गरेका छन्।

विचारधाराले नै संघीयता र लोकतन्त्रविरोधी रहेको कम्युनिष्ट पार्टीको नेतृत्वमा शासन व्यवस्था पुगेको भन्दै निधिले संघीयता र लोकतन्त्रमाथि खतरा आइपरेको बताएका छन्।

‘कम्युनिस्टको विचारधारारले संघीयता र लोकतन्त्रमाथि विश्वास गर्दैन,’ नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर ४ ले बुधबार रमदैया भवाडीमा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै निधिले भने, ‘संघीयतामाथि विश्वास गर्दैन, विचारधाराले कम्युनिष्टहरु एकदलीय शासन प्रणालीमा विश्वास गर्दछ।’

हालै छिमेकी चीनका कम्युनिष्ट नेताहरुबाट प्रशिक्षण लिएको प्रसंग कोट्याउँदै उपसभापति निधिले भने, ‘चीनले एक दलीय शासन व्यवस्थापन व्यवस्था अपनाएको छ। त्यहाँका नेताहरुबाट प्रशिक्षण लिनुको के अर्थ हुन्छ ? सबैले बुझ्नुपर्ने बेला आएको छ।’

संघीयतामाथि विश्वास नगर्ने कम्युनिष्ट र मधेशको नाममा जनतालाई ठग्ने दुबै दलबाट मुलुकमा खतरा रहेको उनको भनाइ थियो। ‘कम्युनिष्टहरु संघीयतामाथि विश्वास गर्दैन र आफ्नो पार्टीको नामबाट मधेश हटाएर मधेशीलाई ठग्ने दलहरुबाट मुलुकमा खतरा छ,’ उनले भने।

कम्युनिष्टहरुको विरोध गरेर मधेशी जनताबाट भोट लिएकाहरु नै अहिले कम्युनिस्टको पिछलग्गु बनेको निधिले आरोप लगाए। सबैले आ–आफ्नो पार्टीको नामबाट मधेश हटाइसकेकोले नेपालमा अब मधेशवादी भत्रे कुनै पार्टी नरहेको निधिले दाबी गरे।

संविधान निर्माण, तीन तहको निर्वाचनलगायतका महत्वपूर्ण कामहरुमा व्यस्त भएर पार्टीका लागि निर्वाचनको तयारीमा जुट्न नसकेपछि पछिल्लो निर्वाचनमा हार बेहोर्नुपरे पनि आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बत्रे दाबी पनि उनले गरे।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले मधेश र मधेशीको नाममा भोट लिएकाहरुको वास्तविका यहाँका जनताले बुझिसकेको बताए। केपी ओलीको विरोध गरेर मधेश आन्दोलनमा होमिएकाहरु अहिले सत्ताको लोभमा उनकै पछाडी हिँडेको यादवले बताए।

अर्का केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नेपाली कांग्रेसले मात्र लोकतन्त्र र जनताको अधिकारका लागि लड्ने पार्टी रहेको बताए।

क्षेत्रीय अध्यक्ष तथा क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति महेश शंकर गिरी, उपसभापति सन्तोष यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।