शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘हाई प्रोफाईल’ जुवाडेलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

‘हाई प्रोफाईल’ जुवाडेलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- जुवा खेलिरहेको अवस्थामा काठमाडौंको महाराजगंजबाट ठूलो रकमसहित पक्राउ परेका जुवाडेलाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

शनिबार राती जुवाखालबाट २ करोड ६७ लाख नगद तथा केही चेकसहित पक्राउ परेका २५ जनामध्ये ६ जनाले आफूहरुलाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

बुधबार उनीहरुको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले धरौटीमा छोड्न नसकिने ठहर गरेको हो। ६ जना हाई प्रोफाइल जुवाडेको बन्दी प्रत्यक्षीकरणको रिट अस्वीकृत भएसँगै बाँकी १९ जना पनि हिरासतमै रहने भएका छन्।

शनिबार जुवाको खालबाट पक्राउ परेकामध्ये हाई प्रोफाइल भएका क्यासिनो किङ भनेर चिनिने बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।