शनिबार, साउन ३०, २०८३

वीरजगन्जमा सडक विस्तार वैशाखपछि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्सा  
आगामी वैशाखदेखि वीरगन्ज महानगरपालिकाभित्रका मुख्य सडक विस्तार गरिने भएको छ । सडक विभागले दुवैतर्फ २५–२५ मिटर विस्तार गर्न सूचना जारी गरेको छ । 

विभागको व्यापारिक मार्ग विस्तार योजना कार्यालयले कात्तिक १७ गतेदेखि सडक विस्तार क्षेत्रका भौतिक संरचना हटाउने सुरु गरिने जनाएको छ। 

कार्यालय प्रमुख इन्जिनियर अशोककुमार राय यादवले सडकको केन्द्र विन्दुदेखि दायाँबायाँ २५-२५ मिटर क्षेत्रमा रहेका भौतिक संरचनाको लगत संकलन भइरहेको बताए । उनले कात्तिक १६ भित्र ती संरचना सम्बन्धित व्याक्तिले नहटाए १७ गतेदेखि प्रहरी प्रशासनको सहयोगमा हटाइने बताए।

गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तार क्षेत्रमा रहेका २९ वटा सरकारी कार्यालयलाई पनि भौतिक संरचना हटाउन पत्राचार गरिसकिएको यादवले जानकारी दिए । उनले सडक विस्तार क्षेत्रमा रहेका भौतिक संरचना खाली गरेपछि निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्ने र ठेक्का सम्झौता गरी वैशाखदेखि निर्माण कार्य सुरु हुने बताए। 
सडक विभागको हेटौंडास्थित क्षेत्रीय कार्यालयले छठ पर्वपछि वीरगन्जको मुख्य सडक २५–२५ मिटर विस्तार गर्ने सूचना सार्वजनिक गरेको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।