शनिबार, साउन ३०, २०८३

तरकारीको मूल्य घट्यो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विगत केही समयदेखि निरन्तर बढिरहेको तरकारीको मूल्य तिहारलगत्तै घटेको छ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिले जारी गरको मूल्य सूचीअनुसार काउली प्रतिकिलो थोक मूल्य ५७ रुपैयाँसम्म घटेको छ।

मंगलबार प्रतिकिलो थोक मूल्य १ सय ७५ रुपैयाँ रहेको काउली बुधबार १ सय १८ रुपैयाँमा झरेको छ। सेतो मुला प्रतिकिलो ४२ रुपैयाँ रहेकोमा बुधबार ३८ रुपैयाँ पुगेको छ। एक सय ४५ रहेको रायोको साग बुधबार प्रतिकिलो १२३ रुपैयाँमा किनबेच भइरहेको छ। 

डल्ले च्याउ ७ सय ४५ रहेकोमा घटेर ४ सय ९५ प्रतिकिलो थोक मूल्य कायम भएको छ। प्रतिकिलो १ सय ८५ रुपैयाँ रहेको हरियो प्याज १ सय ४५ रुपैयाँ र गान्टेमुला प्रतिकिलो एक सय ४५ रहेकोमा घटेर ९५ रुपैयाँ कायम भएको छ। चाडपर्वले गर्दा महँगिएको तरकारीको मूल्य घटेसँगै उपभोक्ताले राहत महसुस गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।