शनिबार, साउन ३०, २०८३

तोकिएको समय अगाडी नै बन्यो दोस्रो लामो पुल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । 

दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । 

पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । 

आर्थिक वर्ष २०७२/७३ देखि निर्माण कार्य शुरु भएको सो पुल  आव २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण योजना कार्यान्वयन गराउने निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सम्झौता अवधि पूरा हुन चार महीना अघि काम सम्पन्न भएको छ ।

अहिले पुलसम्म पुग्न सडक निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । 

“पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो भएको थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था हुँदैनथ्यो”, पन्तले भने, “भनेको बेला सवारीसाधन नपाउँदा हैरानी हुन्थ्यो ।”

पुल निर्माण पछि आयआर्जनमा टेवा पुग्नेछ । देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यहाँ प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ । 

पुलको अभावमा किसानले उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएसँगै राप्ती नदीपारिका किसानलाई कृषि उत्पादनको बजारीकरण गर्न सहज भएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।